Home » गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार,डोबाटे विश्वकर्मा मन्त्री

गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार,डोबाटे विश्वकर्मा मन्त्री

by newnagarikdiary
0 comment

पोखरा
गण्डकी प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् थप विस्तार गर्दै सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नव नियुक्त मन्त्री विश्वकर्माले आज साँझ ५ बजे विनाविभागीयमन्त्रीको रूपमा शपथ लिने बताईएको छ ।

विना विभागीयमन्त्री नियुक्त गरिएको पत्र सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङको कार्यालय पठाइसकिएको छ । प्रदेशमा मन्त्रीपरिषद विस्तारका बेला दोबाटेको नाम पनि मन्त्री बन्नेको लिस्टमा भएता पनि पछि काटिएको थियो ।

कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् अब भने मन्त्रीको संख्या १२ पुगेको छ ।

Related Articles

Leave a Comment