Home » गण्डकीका मन्त्री काँग्रेसको महामन्त्रीमा पराजित

गण्डकीका मन्त्री काँग्रेसको महामन्त्रीमा पराजित

by newnagarikdiary
0 comment

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का नेपाली काँग्रेस गण्डकीको महामन्त्रीमा पराजित हुनु भएको छ ।

पार्टी संस्थापन पक्ष अर्थात् सभापति पदका उम्मेदवार अर्जुनप्रसाद जोशीको प्यानलबाट प्रदेशको महामन्त्रीमा चुनावमा उम्मेदवार बन्नु भएका खड्का पराजित हुनुभएको हो ।

उहाँलाई विष्णु प्रसाद लामिछानेले मात्र ८ मतले जित्नु भएको छ । खड्का ५५६ मत पाएर पराजित हुँदा विष्णुप्रसाद लामिछाने ५६४ मत पाएर विजयी हुनु भएको छ ।

लामिछाने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अर्थात् सभापतिमा विजयी शुक्रराज शर्मा प्यानलकाबाट उम्मेदवार रहनु भएको थियो ।

महामन्त्रीमा पराजित खड्का कास्की(२ बाट अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

Related Articles

Leave a Comment