Home » क्रिकेटर सन्दिपमाथिकाे निलम्बन फुकुवा- अब क्रिकेटमै फर्किए सन्दिप

क्रिकेटर सन्दिपमाथिकाे निलम्बन फुकुवा- अब क्रिकेटमै फर्किए सन्दिप

by newnagarikdiary
0 comment

नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हाे ।

बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

आजैमात्र सोही मुद्दामा क्रिकेटर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ |

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ ।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

Related Articles

Leave a Comment