Home » क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

by newnagarikdiary
0 comment

शिर्षक: नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आठौं नवौं संयुक्त वार्षिक साधारणसभा शुक्रबार काठमाडौं सम्पन्न भएको छ ।

साधारणसभामा देशभरबाट करिब ३ सयभन्दा बढी व्यवसायीहरुको सहभागीता रहेको महासंघका महासचिव पुरुषोत्तम रेग्मी जानकारी दिए।

साधारणसभामा क्रसर व्यवसायीहरुले क्रसरको मापदण्ड देशभर एउटै हुँदा समस्या भएको र भूगोल अनुसार मापदण्ड बनाउने आग्रह गरे साथै गिट्टी बालुवा तथा नदी जन्य पर्दाथको निकासी लागि व्यवस्था गर्ने समेत माग गरे ।

प्रतिनिधि सदस्य रामहरि खातिवडाले राज्यले क्रसर व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने र सधै व्यवसायीको टाउकोमा लठ्ठी हान्ने काम बन्द गर्नुपर्ने बताए ।

साधारणसभामा उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले क्रसर व्यवसायीहरुले भोग्दै आएको समस्याहरुको समाधानका लागि सविधान र कानुन हुन सक्ने समस्याहरुको समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । अभिभावक मन्त्रालय सङ्घिय मामिला तथा सामान्य प्रशासन भएकाले कानुन बनाउने सवालमा व्यवसायीहरु संग सहकार्य गर्ने र सुझावका लागि समेत आग्रह गरे ।

महासंघका अध्यक्ष , सिताराम न्यौपानेले क्रसर क्षेत्रको समस्याहरुको दीर्घकालीन रुपमा समाधानका लागि सरकारलाई आग्रह गरे उनले भने सरकारले जहिले पनि यो क्षेत्रलाई गिजोलने काम मात्रै गरेको अब दिगो समाधान गरि ढुक्क भएर व्यवसाय गर्ने वातावरण सिर्जना गरिदिन सरकारलाई आग्रह समेत गरे ।

२०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न सातौं अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

Related Articles

Leave a Comment