Home » कास्की काँग्रेसले रोक्यो भड्किलो प्रचार

कास्की काँग्रेसले रोक्यो भड्किलो प्रचार

by newnagarikdiary
0 comment

पोखरा  १ मंसिर ।नेपाली काँग्रेस कास्कीले अधिवेशनको बेला हुने भड्किलो प्रचारलाई रोक लगाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले त्यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब कुनै पनि उम्मेद्वारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्, प्रवक्ता सिग्देलले भने, त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।

त्यस्तै, निर्वाचनस्थलमा उम्मेद्वारसँग सम्वन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि पाइने छैन भने व्यानर प्रदर्शनलाई समेत रोक लगाइएको छ । पार्टीको आन्तरीक निर्वाचनलाई स्वच्छ, मर्यादीत र भड्किलोरहित बनाउन पार्टीले त्यस्तो निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ ।

बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको छ ।

Related Articles

Leave a Comment