Home » कालीगण्डकी कोरिडोर पर्वत खण्डको कालोपत्रे गर्ने कामलाई गति दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

कालीगण्डकी कोरिडोर पर्वत खण्डको कालोपत्रे गर्ने कामलाई गति दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

by newnagarikdiary
0 comment

रानीपानी देखि फलेबास सम्मको सडकको प्रगति पनि २० प्रतिशत भन्दा बढी छ । फलेबास देखि अर्मादी सम्मको १४ किलोमिटर सडकको मोदीबेणी सडकमा करिब १ सय मिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । लामो समय सम्म ठेकेदार कम्पनीले काम नगरेका कारण यो खण्ड पुरा भएको छैन । गएको चैत्रमा सुख्खा पहिरोमा डोजर चालकको पहिरोमा परेर मृत्यु भएपछि रोकिएको काम सुरु गर्न ठेकेदारलाई कारबाही गरी नयाँ प्रक्रिया सुरु गर्न थालिएको कोरिडोर आयोजना कार्यालयले जनाएको छ ।

चीन–भारत जोड्ने काली गण्डकी कोरिडोर आयोजना कार्यालयको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थलगत अवलोकन गर्नुभएको छ । पर्वत जिल्लाको मेरुदण्डको रूपमा समेत रहेको सडकलाई समयमा पुरा गर्न अध्यक्ष तिमिल्सिनाले बजेट बिनियोजन देखि निर्माण कार्यलाई गति दिन निरन्तर अनुगमन गर्दै आउनुभएको छ । यसपटक कोरिडोरको सेतीबेणी देखि मिर्मी खण्डमा चट्टान फोड्न देखिएको समस्या समाधानका लागि पहल गरिने उहाँले बताउनुभयो ।

बिष्फोटनका लागि देखिएको प्राविधिक समस्या समाधान गरेर कामलाई गति दिन निर्देशन तथा आवश्यक समन्वय गर्ने काम भएको छ ।’ स्थलगत निरीक्षणका लागि पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले भन्नुभयो‘नेपालको धार्मिक तथा पर्यटन र बिकासका लागि समेत महत्त्वपूर्ण राजमार्ग भएकाले यसलाई समयमा सम्पन्न गर्नका लागि सबैले उत्तिकै सजग भएर काम गर्न जरुरी छ ।’

गण्डकी र लुम्बिनी प्रदेश,  ९ वटा जिल्लाउँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रूपमा यो सडकलाई हेरिएको छ । पर्वतलाई चीन सँग जोडन काली गण्डकी लोक मार्गको निर्माण कार्य पूरा गरी सरकारले नाका खोल्न सके भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरू सहजै चीनबाट आयात गर्न सकिने छ ।

Related Articles

Leave a Comment