Home » एमाले महाधिवेशनमा कमल,उपेन्द्र,चित्र बहादुर र महन्थ ठाकुरले के भने ?

एमाले महाधिवेशनमा कमल,उपेन्द्र,चित्र बहादुर र महन्थ ठाकुरले के भने ?

by newnagarikdiary
0 comment

महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकोमा

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । चितवनको नारायणी किनारमा सुरू भएको एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदैं ठाकुरले मधेश आन्दोलनका

दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिएका हुन् । ‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म देउवाजीलाई आग्रह गर्न चाहन्छु’, ठाकुरले भने ।

चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी

आएको बताएका छन् । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ छ । चितवनमा एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले सबै दलहरू मिलेर गणतन्त्र

लगायतका परिवर्तन ल्याए पनि अहिलेको दुरावस्थाका लागि एकले अर्कालाई दोषारोपण गरिरहेको गुनासो गरे । उनले भने, ‘हामी अहिलेको दुरावस्थाका लागि आफैं जिम्मेवार हौं भन्न सक्नुपर्छ । यदि हामीले देशको राष्ट्रियता र अखण्डलाई अगाडि राखेर राजनीति गरेनौं भने बाह्य शक्तिले घोक्रेट्याक लगाउने छन् ।’

कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् ।

एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको

पहिलो सफलता भएको बताए । त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए । ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी

आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो । दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ’, थापाले भने उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।

 

उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताएका छन् ।

चितवनको नारायणी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताए ।

‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ । त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, यादवले भने ।

Related Articles

Leave a Comment