Home » एमाले प्युठान उम्मेदवार सुर्य थापाले बालबालिका प्रयोग गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण

एमाले प्युठान उम्मेदवार सुर्य थापाले बालबालिका प्रयोग गरेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण

by newnagarikdiary
0 comment

निर्वाचन आयोगले एमाले उम्मेदवार सुर्य थापालाई स्पष्टीकरण साेधेकाे छ |

प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्य थापाले निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको भन्दै अायाेगले जवाफ मागेकाे छ |

निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरि निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।

अायाेगले जिल्ला निर्वाचन कार्यलयमा २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत जवाफ पठाउन निर्देशन दिएकाे छ ।

Related Articles

Leave a Comment