Home » एमाले पर्वतको अध्यक्षमा राजु प्रसाद पौडेल

एमाले पर्वतको अध्यक्षमा राजु प्रसाद पौडेल

by newnagarikdiary
0 comment

नेकपा एमाले पर्वतको अध्यक्षमा राजु प्रसाद पौडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । २३ गते देखि शुरु भएको नवौँ जिल्ला अधिवेशनले महाशिला गाउँपालिकाका अधयक्ष समेत रहेका पौडेललाई अध्यक्ष सहित उपाध्यक्ष, सचिब र दुई उपसचिब गरि ५ पदाधिकारी र ९० सदस्यीय जिल्ला कमिटि सर्वसम्म निर्वाचित गरेको हो । एमाले पर्वतको उपाध्यक्षमा फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा,सचिवमा गोविन्द गिरी पहाडी, उपसचिवमा शिव पौडेल र विमल लामिछाने चयन हुनुभएको छ ।

अध्यक्षमा कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर, महाशिलाका अध्यक्ष राजु प्रसाद पौडेल, फलेवासका मेयर पदमपाणी शर्मा, देवेन्द्रराज पाण्डे र जिल्ला उपसचिब गोबिन्द पहाडीको दाबी रहेको थियो । तर पदाधिकारी सहित सदस्यहरु छनौट गर्ने जिम्मा अधिवेशन हलले अध्यक्ष मण्डललाई जिम्मा लगाएपछि अध्यक्ष मण्डलले पदाधिकारी सदस्यहरु छनौट गरेको हो । अधिवेशनमा जिल्लाभरवाट ४ सय १६ प्रतिनिधिहरु सहभागि भएका थिए । नवनिर्वाचित कार्य समितिले आजै सपथ खाने कार्यक्र तय भएको बताईएको छ ।

Related Articles

Leave a Comment