Home » एन्फा र अल्मुताइरीबीच थप ३ बर्षे सम्झाैता

एन्फा र अल्मुताइरीबीच थप ३ बर्षे सम्झाैता

by newnagarikdiary
0 comment

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच नयाँ सम्झाैता भएकाे छ ।

एन्फा पदाधिकारी र केही पत्रकारसँग रिसाएर नेपाल छाेड्न चाहेका अल्मुताइरीलाई थप ३ वर्ष नेपाल मै राख्न एन्फा सफल भएकाे छ । एन्फा र अल्मुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता भएको छ ।साफ च्याम्पियनसिपअघि नेपाल छाडेका प्रशिक्षक गत साता नेपाल फर्किएका थिए । अल्मुताइरीले आज आफैले पत्रकार सम्मेलन गरेर ३ वर्षे सम्झाैतामा हस्ताक्षर भएकाे जानकारी दिए । उनी निकै खुशी र उत्साही पनि देखिन्थे । अल्मुताइरी नेपालका सबै भन्दा सफल फुटबल प्रशिक्षक हुन् ।

Related Articles

Leave a Comment