Home » उपत्यकामा प्रतिघण्टा ५० कि मि गतिमा मात्रै सवारी हाँक्नु पर्ने नियम

उपत्यकामा प्रतिघण्टा ५० कि मि गतिमा मात्रै सवारी हाँक्नु पर्ने नियम

by newnagarikdiary
0 comment

उपत्यकामा प्रतिघण्टा ५० कि मि गतिमा मात्रै सवारी हाँक्नु पर्ने नियम
काठमाडौं उपत्यकामा ५० किलोमिटर प्रतिघण्टा भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।

सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी कलंकी-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ ।

यस्तै कोटेश्‍वर-भक्तपुर सडक खण्डमा पनि प्रति घन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

५० को गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।

Related Articles

Leave a Comment