Home » इलेक्सन अपडेट : फेदीखोला ४ मा कांग्रेसका ख्यामनारायण पौडेल प्यानल सहित निर्वाचित

इलेक्सन अपडेट : फेदीखोला ४ मा कांग्रेसका ख्यामनारायण पौडेल प्यानल सहित निर्वाचित

by newnagarikdiary
0 comment

स्याङ्जा । स्याङ्जाको फेदीखोला ४ मा नेपाली कांग्रेसका ख्यामनारायण पौडेल प्यानल सहित विजयी भएका छन् ।
शनिबार राती सम्पन्न मत गणनामा नेकपा एमालेका प्रत्यासी माधव प्रसाद सुबेदीलाई ३३९ मतले पराजित गर्दै पौडेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १ हजार १७३ मत प्राप्त गर्दा निवर्तमान वडाध्यक्ष समेत रहेका सुबेदीले ८४३ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी सम्झना बिक सुनार (११३०), महिला सदस्यमा टेकमाया गुरुङ (११८३) सदस्यमा भरतबहादुर गुरुङ (१०६३) र हेमन्तराज पौडेल (११५७) निर्वाचित भएका छन् ।
उनीहरुका निकटम प्रतिस्पर्धी क्रमश नेकपा एमालेका दलित महिला सदस्य राजकुमारी नेपाली (८७१), महिला सदस्य ज्ञानुमाया पौडेल (८३५), खुल्ला सदस्यतर्फ मेघनाथ पौडेल (७८३) र रुद्रबहादुर गुरुङ (७६४) यस्तै राप्रपाका दुर्गाबहादुर सार्कीले १६२ मतका साथ पराजित भएको जनाइएको छ ।
सो वडामा नेपाली कांग्रेस , नेकपा एमालेसहित जनता समाजवादी पार्टी नेपालबाट रनबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका भिमबहादुर थापाको उम्मेद्वारी परेको थियो ।
शुक्रबार सम्पन्न निर्वाचनमा सो वडामा २ हजार १३० जनाले मतदान गरेका थिए ।
यसअघि फेदीखोला ५ को वडाध्यक्षमा डिलबहादुर गुरुङ सहित नेपाली कांग्रेसका ४ जना सदस्य निर्वाचित भइसकेका छन् ।

 

Related Articles

Leave a Comment