Home » आईतवार देशैभरीका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

आईतवार देशैभरीका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

by newnagarikdiary
0 comment

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेपछि नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको हो । संघले शनिवार एक विज्ञप्ति जारी गरी राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको घटनामा घाईते भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । २०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको भनी सार्वजनिक गरिएको विज्ञप्तीमा संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजालको हस्ताक्षर छ ।

Related Articles

Leave a Comment